काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरि जमेको गत निकालिएको छ । नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको उहाँको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले उहाँलाई ब्रेन ह्यामरेज भएको र अवस्था चिन्ताजनक रहेको बताउनुभयो ।
शरीरका अंगहरु नचलेपछि आज बिहान ३ बजेको समयमा मा जोशीलाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । पछि अवस्था सुधार हुन नसकेपछि नर्भिक भर्ना गरिएको थियो ।
पूर्ण अचेत अवस्थामा अवस्थामा रहनुभएका जोशीको स्वास्थ्य अवस्था जटिल रहेको बताइएको छ ।