Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘गंगुबाई कठियावाडी’को टिजर युट्युव ट्रेन्डिङको ७ नम्बरमा

‘गंगुबाई कठियावाडी’को टिजर युट्युव ट्रेन्डिङको ७ नम्बरमा

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 1.2K
    SHARES

  • ‘गंगुबाई कठियावाडी’को टिजर युट्युव ट्रेन्डिङको ७ नम्बरमा

    एजेन्सी। चलचित्र गंगुबाई कठियावाडीको टिजरसहित प्रदर्शन मिति तय भएको छ । चलचित्र २०२१ को जुलाई ३० बाट प्रदर्शनमा आउने पक्कापक्की भएको हो ।

    चलचित्रको मुख्य भूमिकामा आलिया भट्ट देखिएकी छन् । यतिबेला उक्त टिजर युट्युव ट्रेन्डिङको ७ नम्बरमा रहेको छ ।

    आफ्नो शरीर बेचेर जीवन चलाउने गङ्गाको गंगुबाई बनेर कसरी पैसा र पावरको मालिक बनिन् भन्ने विषय चलचित्रमा उठाइएको छ ।

    गंगुबाईको जीवनीमा बनेको चलचित्रमा आलियाले कतिको न्याय गर्न सकिन् त्यसको लागि भने चलचित्र प्रदर्शनको समय नै पर्खिनुपर्नेछ । चलचित्र सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् ।

    भन्साली र जयन्तीलालले निर्माण गरेको चलचित्रको टिजर बुधबार भन्सालीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको छ ।

     


    शुक्रवार, फाल्गुण १४ २०७७०२:१३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij