Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 1.5K
    SHARES

  • बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

     

    काठमाडौँ । बृहत नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायतले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

    बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा अभियान्ताहरूले प्रदर्शन गरेका हुन् ।

    काठमाडौं महानगरले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार अभियन्ताहरूले भत्काएपछि फागुन १२ गते प्रहरीले ८ जना अभियन्तालाई पक्राउ गरेको थियो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरी हिरासतमा राखेको छ ।

    संघर्ष समितिले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र प्रतिगामी कदम सर्वोच्च अदालतको फैसलाबाट सच्चिँदा(नसच्चिँदै ओली सरकारले काठमाडौँको बालाजु बाइपासमा जारी गैरन्यायिक सडक विस्तार गर्दै अभियन्ताहरूलाई फागुन १२ गते गिरफ्तार गरी अर्को अलोकतान्त्रिक र जनविरोधी काम गरेको छ।’

    उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार गरी यहाँका जनताको उठिवासको गरेको पनि उनीहरूले बताएका छन् ।

    अभियन्ताहरूले लामो समयदेखि उक्त जग्गाबारे सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने बताउँदै आएका छन् । सर्वोच्चले पनि ०७३ सालमै उक्त जग्गामा कुनै पनि कार्य नगर्नु भन्ने आदेश जारी गरेको थियो ।


    शुक्रवार, फाल्गुण १४ २०७७०१:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij