काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।
जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको उहाँको सचिवालयले जनाएको छ। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ।
उहाँको अपरेशन गर्ने तयारी छ। उहाँको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।