Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

राजनीतिमा सक्रिय हुन युवालाई विश्वप्रकाशको आह्वान

राजनीतिमा सक्रिय हुन युवालाई विश्वप्रकाशको आह्वान

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 571
    SHARES

  • राजनीतिमा सक्रिय हुन युवालाई विश्वप्रकाशको आह्वान

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक परिवर्तनमा युवा पुस्ताले मुख्य भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । त्यसका लागि युवामा समेत सकारात्मक सोचको विकास हुनुपर्ने उहाँले बताउनुभयो ।

    करियर प्याइन्टद्वारा राजधानीमा आयोजित शैक्षिक मेलालाई सम्वोधन गर्दै प्रवक्ता शर्माले असल बनेर मुलुकै सेवामा जुट्न विद्यार्थी वर्गलाई आग्रह गर्नुभयो । परिवार तथा समाजको सपनालाई पूरा गर्ने गरी विद्यार्थी अघि बढ्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।

    कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्वमा विश्वासको संकट भएको अवस्थामा कुनै पनि संस्था सहज हिसावले अघि बढ्न नसक्ने बताउनुभयो ।

    कडा रुपमा मिहिनेत गर्न, समस्यासित जुधदै अघि बढ्ने वानीको विकास विद्यार्थीमा बढाउनुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।

    कार्यक्रममा विद्यार्थीलाई विदेशमा होइन स्वेदशमा नै उच्च शिक्षा हासिल गर्न र स्वदेशमै समृद्धिको अभियानमा जुट्न आह्वान गरिएको थियो ।


    शुक्रवार, फाल्गुण १४ २०७७०८:१५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij