Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नेकपा कसको ? फागुन २० गते सर्वोच्चले निर्णय सुनाउने

नेकपा कसको ? फागुन २० गते सर्वोच्चले निर्णय सुनाउने

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 648
    SHARES

  • नेकपा कसको ?   फागुन २० गते सर्वोच्चले निर्णय सुनाउने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्वामित्वलाई लिएर चलेको विवादमा सर्वोच्च अदालतले यही फागुन २० गते निर्णय सुनाउने भएको छ ।

    सो विवादको सम्बन्धमा बिहीबार सुनुवाइ सकिएपछि न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोकेको हो ।

    तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएलगत्तै निर्वाचनमा नेकपाको नाममा दल दर्ता गरिएको थियो । सो भन्दाअघि नै आफूले उक्त नाममा दल दर्ता गरिसकेको उल्लेख गर्दै ऋषिराम कट्टेलले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

    आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखिएको उल्लेख गर्दै रिट निवेदनमा त्यसलाई खारेज गरी आफ्नो पार्टीलाई आधिकारिकता दिन माग गरिएको थियो ।

    नेकपा र माओवादी पार्टी एकीकरण हुनासाथ आयोगमा नेकपा नामको पार्टी दर्ता गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रत्यक्ष अगुवाइमा सो पार्टी गठन गरिएको भनी आरोप लाग्दै आएको थियो ।

    आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।


    शुक्रवार, फाल्गुण १४ २०७७०७:३०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij