काठमाडौँ । गायिका रचना रिमालको स्वरमा ‘नजरको गुलेली’ सार्वजनिक भएको छ । गणेश उप्रेतीको शब्द, तथा बिराट कडरियाको संगीतमा रहेको गीतको एरेन्ज पुरुशोत्तम सुवेदीले गरेका छन् । गीत एरीना इन्टरटेन्टमेन्टको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।
जीवन बुढाथोकीको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा भुपालमान सिंह कार्की तथा श्रीजना लिम्बुको अभिनय रहेको छ ।
म्युजिक भिडियोको सम्पादन तथा छायांकन सुवास लिम्बुले गरेका हुन् भने यो म्युजिक भिडियो गाउँले परिबेशमा आधरित रहेर निर्माण गरिएको छ।
गीतमा भुपालमान सिंह कार्की र सृजना लिम्बुलाई प्रेम जोडीको रुपमा देखाइएको छ। यसभन्दा अगाडि पनि गीतकार उप्रेतीको ‘लाइदेउ माया’, ‘लगन जुरेर’, ‘तिम्रो दिलको’ जस्ता चर्चित गीतहरु बजारमा आइसकेका छन् ।