Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन नगरेको उपेन्द्र यादवको आरोप

संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन नगरेको उपेन्द्र यादवको आरोप

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 581
    SHARES

  • संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन नगरेको उपेन्द्र यादवको आरोप

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन नगरेको आरोप लगाउनुभएको छ ।

    बिहीबार इलाममा जनता समाजवादी पार्टीले आयोजना गरेको जनसभामा बोल्दै यादवले यस्तो बताउनुभएको हो । केपी शर्मा ओली नेतृत्वको सरकार संघीय प्रणाली समाप्त पार्ने षडयन्त्रमा लागे पनि सफल हुन नसकेको भन्दै उहाँले सयौं वर्षदेखि भइरहेको भेदभावलाई अन्त्य नगरे देशलाई सम्वृद्ध बनाउन नसकिने बताउनुभयो ।

    कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्य सरदसिंह भण्डारीलगायतले सम्बोधन गर्नुभएको थियो ।


    बिहिवार, फाल्गुण १३ २०७७०७:११:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij