Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याइने लागेको मन्त्री अर्यालको भनाइ

सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याइने लागेको मन्त्री अर्यालको भनाइ

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 855
    SHARES

  • सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याइने लागेको मन्त्री अर्यालको भनाइ

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिनुभएको छ ।

    नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्राउने सन्दर्भमा आज इजरायली राजदूतसँगै लमजुङ पुग्नुभएकाी मन्त्री अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभयो ।

    लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २, बगालेगाउँ, गाउँ–सहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।


    बिहिवार, फाल्गुण १३ २०७७०७:००:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij