Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कारोबारको अन्तिम दिन नेप्सेमा ४४ अंकको गिरावट

कारोबारको अन्तिम दिन नेप्सेमा ४४ अंकको गिरावट

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 829
    SHARES

  • कारोबारको अन्तिम दिन नेप्सेमा ४४ अंकको गिरावट

    काठमाडौँ । आज कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले घटेको छ ।

    आज परिसूचकमा ४४।०४ अंकको गिरावट आउदाँ नेप्से २५ सय ५४।१४ को विन्दुमा पुगेको छ ।

    त्यस्तै, आज कारोबारमा आएका कम्पनहिरु मध्ये १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य बढेको छ ।

    आज नेप्सेमा १ करोड ५८ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको मात्रै ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कारोबारमा आएका सबै उपसमूह घटेका छन् ।


    बिहिवार, फाल्गुण १३ २०७७०४:०१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij