काठमाडौं । लोक तथा दोहोरी गायक खेम सेञ्चुरी र गायिका शान्ति श्री परियारको स्वरमा ‘रुमाल धुन पर्यो’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा गायक स्वयम् सेञ्चुरीको संगीत रहेको गीतमा जुना गुरुङ र विरही बस्यालको अभिनय रहेको छ ।
गीतमा यस्ता शब्द समेटिएका छन् ।
देख्न पाए तिमीले हासेको
बल्ल अर्थ हुन्थ्यो म बाँचेको
रुमाल धुन पर्यो, तिमीलाई हसाउदा आफै रुन पर्यो
मन्दमन्द मुस्कान ती ओठको
ओखती हो पिडा र चोटको
रुमाल धुन पर्यो, तिमीलाई हसाउदा आफै रुन पर्यो
गीतलाई कलाकार विनोद भण्डारीले निर्देश्न गरेका हुन् । एकअर्कालाई माया गर्दागर्दै छुट्टिनु परेको अवस्थालाई कलाकार जुना र विरहीले अभिनयमार्फत उतारेका छन् ।
गीतलाई विरही बस्यालको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।