Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

'अब राष्ट्रिय सहमतिमा नयाँ सरकारको खाका बन्छ, म प्रधानमन्त्री बन्न तयार छु’ : खनाल

'अब राष्ट्रिय सहमतिमा नयाँ सरकारको खाका बन्छ, म प्रधानमन्त्री बन्न तयार छु’ : खनाल

  • बुधवार, फाल्गुण १२ २०७७

  • 758
    SHARES

  • 'अब राष्ट्रिय सहमतिमा नयाँ सरकारको खाका बन्छ, म प्रधानमन्त्री बन्न तयार छु’ :  खनाल

    काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफु प्रधानमन्त्री बन्न तयार रहेको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले पार्टीको दिएको जुनसुकै जिम्मेबारी लिन आफु तयार रहेको बताउनु भएको हो ।

    पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेपनि राष्ट्रपतिका लागि प्रस्ताव गरेपनि जिम्मेबारी लिन तयार रहेको तर पदको पछि भने नलाग्ने उहाँले स्पष्ट पार्नुभयो ।

    दुवै भूमिकाका लागि आफु योग्य र सक्षम रहेको संकेत गर्दै उहाँले नयाँ राजनीति प्रक्रियाका बारेमा पार्टी भित्र चाडै नै छलफल हुने जानकारी दिनुभयो ।

    पूर्व प्रधानमन्त्री खनालले नेपालको राजनीतिक गन्तव्य तय गर्ने जिम्मेबारी हिजोसम्म सर्वोच्च अदालतमा रहेकोमा अव संसदमा गएको उल्लेख गर्नुभयो ।

    उहाँले संसदबाट नयाँ सरकार बनाउने प्रक्रिया अगाडि बढ्ने बताउदै काँग्रेसलाई नयाँ सरकारको नेतृत्व दिने बारेमा आफुहरु खुल्ला रहेको स्पष्ट पार्नुभयो ।

    आगामी राजनीतिक यात्रा राष्ट्रिय सहमतीका साथ अगाडि बढाउनु पर्ने पक्षमा आफुहरु रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री खनालले सहमतीमै नयाँ सरकारको खाका बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सहमती र सहकार्यको संभावना नरहेको स्पष्ट पार्दै उहाँसँग रहेका धेरै नेताहरुलाई आफुहरुले समेट्ने दावी गर्नुभयो ।


    बुधवार, फाल्गुण १२ २०७७०९:१०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij