Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली बिहानैदेखि छलफलमा, स्थायी कमिटिको बैठक पनि बस्दै

प्रधानमन्त्री ओली बिहानैदेखि छलफलमा, स्थायी कमिटिको बैठक पनि बस्दै

  • बुधवार, फाल्गुण १२ २०७७

  • 978
    SHARES

  • प्रधानमन्त्री ओली बिहानैदेखि छलफलमा,  स्थायी कमिटिको बैठक पनि बस्दै

    काठमाडौं । सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली लगातार आन्तरिक छलफलमा व्यस्त हुनुभएको छ ।

    भावि रणनीतिका बारेमा उहाँले आफु निकटस्थ र सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरिरहनु भएको उहाँका सहयोगीहरुले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले आजै आफु नेतृत्वको नेकपाको स्थायी कमिटि बैठक पनि बोलाउनु भएको छ । बैठक विहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नै हुनेगरी तय गरिएको छ ।

    बैठकमा सरकारले र पार्टीले अव खेल्ने भूमिका, पार्टीको विवादलाई अव कसरी आफ्नो पक्षमा पार्न सकिन्छ, आफुहरुका विरुद्धमा हुनसक्ने कदम र त्यसको जवाफ कसरी दिनेभन्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    उहाँले आफु पक्षीय सांसदहरुसँग पनि छलफल गर्ने तयारी गर्नुभएको उहाँका सहयोगीहरुको भनाई छ ।


    बुधवार, फाल्गुण १२ २०७७०८:४९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij