Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-माधव समूहले देशभरी खुशीयाली जुलुश निकाल्ने, आजै संसदीय दलको बैठक पनि बस्ने

प्रचण्ड-माधव समूहले देशभरी खुशीयाली जुलुश निकाल्ने, आजै संसदीय दलको बैठक पनि बस्ने

  • बुधवार, फाल्गुण १२ २०७७

  • 934
    SHARES

  • प्रचण्ड-माधव समूहले देशभरी खुशीयाली जुलुश निकाल्ने, आजै संसदीय दलको बैठक पनि बस्ने

    काठमाडौं ।प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड माधव समूहले आज देशभरी खुशीयाली जुलुश निकाल्ने भएको छ ।

    गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले बदर गरेको खुसियालीमा उनीहरुले जुलुश निकाल्न लागेका हुन् ।

    काठमाडौ बाहिरका जिल्लाहरुमा अहिले विहान खुशीयाली जुलुश निकालिएको छ भने काठमाडौमा मध्यान्ह १२ बजेपछि निकालिने भएको हो । काठमाडौको शान्तिवाटिका, रत्नपार्कमा भेला भएर खुशीयाली आदान प्रदान गर्ने कार्यक्रम रहेको नेकपाका नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

    आजै प्रचण्ड माधव समूहका सांसदहरुको बैठक पनि बस्न लागेको छ । दिउसो ४ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको उहाँले बताउनुभयो ।

    संसदीय गविधिलाई कसरी अगाडि बढाउने, प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव, भावी गठबन्धन, भावी प्रधानमन्त्री, पार्टी भित्रको विवादलगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

    त्यसैगरी संसद बैठक तत्काल बोलाउनका लागि सभामुख अग्नी प्रसाद सापकोटालाई आग्रह गर्ने विषयमा पनि छलफल हुने उनीहरुको भनाई छ ।

     

     


    बुधवार, फाल्गुण १२ २०७७०७:३८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij