Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

ओलीले तत्काल राजीनामा दिनुपर्छः प्रचण्ड

ओलीले तत्काल राजीनामा दिनुपर्छः प्रचण्ड

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 998
    SHARES

  • ओलीले तत्काल राजीनामा दिनुपर्छः प्रचण्ड

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।

    अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उहाँको चेतावनी छ ।


    मंगलवार, फाल्गुण ११ २०७७०७:५२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij