Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

१३ दिनभित्रै संसद बैठक बोलाउन प्रधानमन्त्री र राष्ट्रपतिलाई सर्वाेच्चको निर्देशनात्मक आदेश

१३ दिनभित्रै संसद बैठक बोलाउन प्रधानमन्त्री र राष्ट्रपतिलाई सर्वाेच्चको निर्देशनात्मक आदेश

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 1.0K
    SHARES

  • १३ दिनभित्रै संसद बैठक बोलाउन प्रधानमन्त्री र राष्ट्रपतिलाई सर्वाेच्चको निर्देशनात्मक आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको पहिलो बैठक गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश दिएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संवैधानिक इजलासले संसद विघटनलाई बदर गर्दै संसद पुनर्स्थापनाको निर्णय गरेको हो।

    सर्वोच्चले १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश पनि दिएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

    त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।


    मंगलवार, फाल्गुण ११ २०७७०६:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij