Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर छैन: प्रधानमन्त्री ओली

प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर छैन: प्रधानमन्त्री ओली

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 1.0K
    SHARES

  • प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर छैन:  प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना केहीगरी भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने बताएका छन्।

    आइतबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं प्रतिनिधि सभा पुनर्स्थापना नहुने जिकीर गरेका प्रधानमन्त्री ओलीले यदि पुनर्स्थापना भएमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएका हुन्।

    ‘जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्दा डिफेन्सिफ भयोरु,’ प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसलाई लगेर प्रतिनिधि सभा विघटन बदर हुने भएछ त्यसकारण यसो भन्यो भन्न मिल्छरु’

    पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएकोसमेत ओलीले जिकिर गरे।


    ‘पुनर्स्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर, कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ। प्रधानमन्त्री भइदिनुस् न त्यति मानिदिनुस् न भन्नुहुन्छ। उहाँहरूको कुनै चान्स छरु कुनै सम्भावना छ प्रधानमन्त्री हुनेरु एकभन्दा पनि तल तल प्रतिशत छैन उहाँहरूको सम्भावना। लडाइँ जित्नुभयो भने उहाँहरूले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्छ। खोज्दै हिँडेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न।’

    उनले पार्टीको चुनाव चिन्हबारे पनि भ्रममा नपर्न आग्रह गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने दाबी गरे। प्रचण्ड एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको भन्दै उनले आफूले २०४८ सालमा निर्वाचन आयोगमा चिन्ह दर्तागराएपछि लगातार सूर्य चिन्हबाटै चुनाव लड्दै आएको स्मरण गराए।

    उनले लोकतन्त्र र संविधान तलमाथि पर्न नदिने दाबी गर्दै देश ठिक बाटोमा जाने विश्वास दिलाए।

    जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न आफू तयार भएर हिँडेको भन्दै उनले डिफेन्सिफ नभएकोसमेत बताए। केही दिन अगाडि प्रचण्डले ओली डिफेन्सीफ भइसकेको बताएका थिए।


    मंगलवार, फाल्गुण ११ २०७७०५:२०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij