Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

किन दिए प्रधानमन्त्रीले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन ?

किन दिए प्रधानमन्त्रीले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन ?

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 1.8K
    SHARES

  • किन दिए प्रधानमन्त्रीले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिनुभएको छ । आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिँदै प्रधानमन्त्री सुरक्षा व्यवस्था थप मजबुद बनाउन निर्देशन दिनुभएको हो ।

    मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिँदै प्रधानमन्त्री सुरक्षा व्यवस्था थप मजबुद बनाउन निर्देशन दिनु भएको हो ।

    बैठकमा प्रधानमन्त्रीले प्रतिबन्धित विप्लव समूहको गतिविधिका बारेमा पनि जानकारी लिनु भएको थियो । सुरक्षा परिषदको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सहभागी हुनुहुन्थ्यो ।

    सुरक्षा परिषद्को बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद्पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।

    बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति थापा सहभागी हुनुभएको थियो । सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो ।

    यसैबीच, आजको मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)बारे छलफल भएको छ ।

    ०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

    विप्लव समूहबारे छलफल भएको र एक–दुई दिनभित्रै वार्ता आह्वान हुने ती मन्त्रीको भनाइ छ ।

     


    मंगलवार, फाल्गुण ११ २०७७०३:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij