Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आजदेखि हेर्दाहेर्दैमा, फैसला जुनसुकै बेला हुन सक्ने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आजदेखि हेर्दाहेर्दैमा, फैसला जुनसुकै बेला हुन सक्ने

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 990
    SHARES

  • प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आजदेखि हेर्दाहेर्दैमा, फैसला जुनसुकै बेला हुन सक्ने

    काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज (मंगलबार) देखि हेर्दाहेर्दैमा जाने भएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो (सोमबार) सम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो ।

    संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो ।

    त्यसपछि प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो ।


    मंगलवार, फाल्गुण ११ २०७७०७:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij