काठमाडौँ –प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरेका छन्। थापा सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर करिब एक घण्टा बिताएका थिए।
सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएका बताइएको छ।
तर उनीहरुबीच संसद विघटन सदर वा बदर जे भए पनि आउने परिस्थितिलाई कसरी सामना गर्ने विषयमा पनि कुराकानी भएको श्रोतको दाबी छ।