काठमाडौं । दक्ष इन्टरटेनमेन्ट प्रालिले हेरक वर्ष झैँ यो वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी फागुन १५ गते राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटीफुल नेपाल २०२१ आयोजना हुन लागेको हो ।
अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ ,
त्यसैगरी मिसेस ब्युटीफुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहिणी जीवन बिताइरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिनुभयो । उनका अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात पूजा नाथ, पूर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रञ्जित र सविना खुलाल छैठौं संस्करणको मिस व्युटीफुल नेपाल २०२१ प्रतियोगितामा भिड्न तयार भएका छन् ।
यसैगरी पांचौ संस्करणको मिसेस ब्युटीफुल नेपाल २०२१ मा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (निलम), विनिता देउला, सुशीला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरु थापा, अञ्जु न्यौपाने, सिर्जना रुपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्काले अन्तिम स्पर्धा गर्दैछन् ।
प्रतियोगिताको अन्तिम स्पर्धा नजिकिँदै गर्दा मिस ट्यालेन्ट ब्युटीफुल र मिसेस ट्यालेन्ट ब्युटीफुल उपउपाधिका लागि दुबै प्रतियोगिताका प्रतियोगीहरुले आयोजकद्वारा राजधानीमा आयोजना गरेका ट्यालेन्ट शोमा आपूmमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् ।
दुबै प्रतियोगितका प्रतियोगिहरुले गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाककलाजस्ता आप्mना प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोसिस गरेका थिए । ट्यालेन्ट शोका लागि कोरियोग्राफर, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमूख निर्णायक तथा अभिनेत्री रश्मी भट्ट, गायक सानु थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठ निर्णायक रहेका थिए ।