Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विप्लव समूहका बोहरामाथि विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु

विप्लव समूहका बोहरामाथि विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु

  • बुधवार, आषाढ ३१ २०७७

  • 590
    SHARES

  • विप्लव समूहका बोहरामाथि विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु

    काठमाडौं । मोरङको उर्लाबारीबाट मंगलबार पक्राउ परेका विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरालाई प्रहरीले विभिन्न स्थानमा विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

    प्रहरीले बोहरालाई एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुई वटा सीमकार्डलगायत सामाग्रीसहित पक्राउ गरेको थियो ।

    पक्राउ परेका बोहराले १० स्थानमा आपराधिक गतिविधि गरेको दाबी प्रहरीको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बोहरा बम बिष्फोट, बम राख्ने र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।


    बुधवार, आषाढ ३१ २०७७११:२१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij