काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रदेश १ संसदका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले पार्टी प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको फैसलालाई कुरेर बसेको बताउनुभएको छ ।
उहाँले पार्टीको नजरमा नेकपाका दुबै समूह समान भएकाले सर्वोच्च अदालतले जे निर्णय गरेपनि काँग्रेसले स्वीकार्ने दावी गर्नुभयो ।
नेता कोइरालाले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे काँग्रेसले प्रदेशका सांसदलाई दिशानिर्देश गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता कोइरालले भन्नुभयो,“मुख्यमन्त्रीविरुद्धको प्रस्तावको पक्षमा वा विपक्षमा रहने विषयमा पार्टीले निर्णय गर्नुपर्छ, हामी केन्द्रको आदेश कुरेर बसेका छौँ, अहिलेसम्म हामीले ठोस निर्णय लिएको अवस्था होईन ।”
नेता कोइरालाले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा टेबल भएको अविश्वासको प्रस्तावबारे बृहत छलफल गरेर उचित निर्णय लिने पनि जानकारी दिनुएको छ ।