Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

विप्लवसँग छिट्टै अपौचारिक वार्ता : डा.राजन भट्टराई

विप्लवसँग छिट्टै अपौचारिक वार्ता : डा.राजन भट्टराई

  • सोमवार, फाल्गुण १० २०७७

  • 1.1K
    SHARES

  • विप्लवसँग छिट्टै अपौचारिक वार्ता : डा.राजन भट्टराई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले प्रधानमन्त्रीको आग्रह स्वीकार गरेर वार्तामा आउने विप्लव समूहको अनौपचारिक पत्र प्राप्त भएकाले अब छिट्टै औपचारिक वार्ता हुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.भट्टराईले भन्नुभयो,“विप्लव समूहलाई सरकारले वार्तामा आउन गरेको आग्रह उक्त समूहले स्वीकारेको छ, वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा आउँछु भन्नुलाई कसैले रोक्न मिल्दैँन ।”

    उहाँले वार्ताका लागि सहमति जुटेपनि विषयहरुमा भने सहमति नभइसकेको दावी गर्नुभयो ।

    विप्लवलाई वार्तामा ल्याएर सरकारमा समावेश गराउने भन्ने विषयमा परराष्ट्र मामिला सल्लाहकार डा.भट्टराईले वार्ता हुने समाचार सुनेपछि यस्ता किसिमका अनुमान हुनु स्वभाविक रहेको पनि उल्लेख गर्नुभएको छ ।

    शान्तिपूर्ण तवरले आफ्ना राजनीतिक मुद्धा र विषय संविधानको अधिनमा रहेर आम सर्व साधारणसम्म पुगाउन सरकारले गरेको अनुरोध विप्लवले मान्नु देश विकासको एउटा नयाँ आयाममा प्रवेश गर्नुको मुख्य कारण बन्ने उहाँले स्पष्ट पार्नुभएको छ ।


    सोमवार, फाल्गुण १० २०७७०६:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij