Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपचार गराउन भारत जानु परेकोमा बाबुराम भट्टराई लज्जित

उपचार गराउन भारत जानु परेकोमा बाबुराम भट्टराई लज्जित

  • आइतवार, फाल्गुण ९ २०७७

  • 1.1K
    SHARES

  • उपचार गराउन भारत जानु परेकोमा बाबुराम भट्टराई लज्जित

    काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपचारका लागि भारत जानु परेकोमा आफू लज्जित र दुखित रहेको सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

    भट्टराई आज बिहान उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिदै गर्दा आफू लज्जित र दुखित भएको उहाँले बताउनुुभएको छ ।

    ‘२१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’ उहाँले ट्वीटरमा लेख्नुभएको छ । साथै, उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद दिनुभएको छ ।

    पेटमा समस्या देखिएपछि थप उपचारका लागि उहाँ नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जानुभएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ । पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ ।


    आइतवार, फाल्गुण ९ २०७७०५:५४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij