Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

देउवालाई पौडेलको जवाफ, ‘आन्दोलन पैसाले होइन विचारले हुने हो’

देउवालाई पौडेलको जवाफ, ‘आन्दोलन पैसाले होइन विचारले हुने हो’

  • आइतवार, फाल्गुण ९ २०७७

  • 1.2K
    SHARES

  • देउवालाई पौडेलको जवाफ, ‘आन्दोलन पैसाले होइन विचारले हुने हो’

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताउनुभएको छ । नेपाल प्रेस युनयन, सुनसरीले आज इटहरीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पैसाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्धको आन्दोलन नरोकिने बताउनुभएको हो ।

    पार्टी सभापति देउवाले नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार आन्दोलन गर्नका लागि कांग्रेससँग पैसा नभएको बताउनुभएको थियो ।

    त्यसको जवाफमा आज पौडेलले आन्दोलन पैसाले होइन विचारले हुने भन्दै सभापति देउवाको आलोचना गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीको पनि आलोचना गर्नुभयो । देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोपसमेत पौडेलले लगाउनुभयो ।

    सभापति देउवाले आफ्ना कुरा नसुन्दा कांग्रेस कमजोर बनेको पौडेको भनाइ छ । उहाँले प्रदेश सरकारविरुद्ध प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वास प्रस्तावमा साथ दिनुपर्ने आफ्नो प्रस्ताव पनि देउवाले नसुनेको बताउनुभयो ।

     


    आइतवार, फाल्गुण ९ २०७७०२:१५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij