Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

गरिखाने अभियानमा युवाको उत्साहजनक सहभागिता : नेता पोखरेल

गरिखाने अभियानमा युवाको उत्साहजनक सहभागिता : नेता पोखरेल

  • आइतवार, फाल्गुण ९ २०७७

  • 1.1K
    SHARES

  • गरिखाने अभियानमा युवाको उत्साहजनक सहभागिता : नेता पोखरेल

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा.गोविन्द्र पोखरेलले पार्टीले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ले सुरु गरेको गरिखाने अभियानमा युवा वर्गको उत्साहजनक सहभागिता रहेको बताउनुभएको छ ।

    सीप विकास, स्थानीय सम्भावना पहिचान, उद्यमशीलता प्रवद्र्धन तथा विकासका साथै मुलुकमै रोजगारी सिर्जनाको महाअभियान गरिखाने अभियान भएकाले काँग्रेसले युवा वर्गको सशक्तिकरणमा जोड दिएको जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता पोखरेलले भन्नुभयो,“‘हामीले युवाहरूको भावनालाई कदर गर्दै, उनीहरुमा उत्साह भर्दै, गरिखाने बन्न चाहानेहरूलाई उद्यमशीलता विकास, स्तरोन्नति, सीप विकास, बजार विकास तथा रोजगारी खोज्ने काममा व्यावसायिक संस्थाहरूसँग सहकार्य गरेर अघि बढिरहेको छ ।”

    कांग्रेस मुलुकको सबैभन्दा पुरानो र जिम्मेवार दल भएकाले सरकारमा रहँदा र नरहँदा पनि जनताकै बीच रहेर देश र समाजको लागि काम गर्ने उहाँले बताउनुभयो ।

    नेपाली जनतालाई गरिखाने बाटोमा लैजाने र पछि उनीहरूलाई हुने खाने बनाउने अभियानको योजनाअनुरुप काम गरिरहेको नेता पोखरेलले जानकारी दिनुभएको छ ।


    आइतवार, फाल्गुण ९ २०७७०७:०६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij