काठमाडौं । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेकाले विप्लवलाई वार्तामा ल्याउने सरकारको निर्णयको प्रशंसा गर्नुभयो ।
सशस्त्र आन्दोलनमा रहेको शक्ति वार्ता गर्न तयार हुनु सरकारप्रतिको विश्वास भएको र तत्काल वार्ता प्रारम्भ हुनुपर्ने उहाँको धारणा छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नागरिक समाजका अगुवा डा. दीक्षितले भन्नुभयो,“पूर्वमाअेवादीलाई पनि वार्तामा ल्याउन उस्का जायज माग सम्बोधन गरिएका थिए, अहिले विप्लवले वार्ताका लागि अघि सारेका जायज माग पूरा गरेर सरकारले तत्काल वार्तामा ल्याउनुपर्छ ।”
उहाँले विप्लवले राखेका मागमध्ये मुख्य मुख्य मागहरु पूरा गर्दै उनलाई वार्तामा ल्याउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजित जनसभामा सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेपछि आन्दोलनमा जाने भन्नु बिलकुल गलत भएको उहाँले टिप्पणी गर्नुभयो ।
सबैले सर्वोच्चको फैसलालाई मान्नुपर्ने भएकाले न्यायालयको निर्णयमाथि कसैले सवाल खडा गर्न नहुने नागरिक समाजका अगुवा डा. दीक्षितले स्पष्ट पार्नुभएको छ ।