Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-नेपाल समूहका नेता खनाल स्वदेश फिर्ता

प्रचण्ड-नेपाल समूहका नेता खनाल स्वदेश फिर्ता

  • शनिवार, फाल्गुण ८ २०७७

  • 1.1K
    SHARES

  • प्रचण्ड-नेपाल समूहका नेता खनाल स्वदेश फिर्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्कनुभएको छ ।

    भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

    उहाँ आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जानुभएको थियो । चिकित्सकका अनुसार खनालको स्वास्थ्य अवस्था सुधार भएको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।


    शनिवार, फाल्गुण ८ २०७७०७:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij