Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली सत्ता उन्मादले मात्तिएको माधव नेपालको आरोप

प्रधानमन्त्री ओली सत्ता उन्मादले मात्तिएको माधव नेपालको आरोप

  • शनिवार, फाल्गुण ८ २०७७

  • 997
    SHARES

  • प्रधानमन्त्री ओली सत्ता उन्मादले मात्तिएको माधव नेपालको आरोप

    काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता उन्मादले मात्तिएको आरोप लगाउनुभएको छ ।

    संखुवासभामा आज (शनिबार) भएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले ओलीमा सत्ता उन्माद हाबी हुँदा सिंगो मुलक बन्दी भएको बताउनुभयो । ओलीले संसद विघटन गरेर सिंगो देशमा आगो लगाएको उहाँको आरोप छ ।

    जनता र समाजवाद सत्तामा पुगेर ओलीले बिर्सिएको भन्दै अध्यक्ष नेपालले ओलीलाई जंगली मत्ता हात्तीको संज्ञा दिनुभयो । ओली प्रधानमन्त्री बन्न अयोग्य भएकाले पदको गरिमा राख्न नसकेको उहाँको आरोप छ । नेपालले गफ र उखान–टुक्काले मात्रै देश चल्न नसक्ने बताउँदै अब ओलीको पतन सुरु भएको बताउनुभयो ।

    विरोधसभामा नेकपाका अर्का नेता वर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको उहाँको भनाइ छ ।

    नेतृ रामकुमारी झाँक्रीले ओलीले जनताबाट तिरस्कृत भएपछि संसद विघटन गरेको आरोप लगाउनुभयो ।


    शनिवार, फाल्गुण ८ २०७७०७:३६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij