काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् नेतृ डा. डिला संग्रौलाले जनताको स्थायित्वको सपना चकनाचुर भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन डोटीले आज सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपालाई जनमत नपचेको समेत बताउनुभयो ।
‘निर्वाचनमा स्वार्थका लागि एकीकृत भएका कम्युनिष्टहरुले राजनीतिक स्थायित्वका लागि, विकास र समृद्धिका लागि भनेर भोट मागेका थिए’, उहाँले भन्नुभयो, ‘तर आज हेर्नुस्, न रेल आयो, न पानीजहाज, खोई कहाँ पुग्यो त्यतिबेला बाँडिएको विकास र समृद्धिको सपना ?’
जनतामा बाँडिएको त्यो सपनाको साटो देशलाई अन्धकारतर्फ धकेलेको उहाँले आरोप लगाउनुभयो ।