Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

'निर्मला प्रकरणका दोषी पनि छिट्टै पक्राउ पर्छन्’ : गृहमन्त्री

'निर्मला प्रकरणका दोषी पनि छिट्टै पक्राउ पर्छन्’ : गृहमन्त्री

  • शनिवार, फाल्गुण ८ २०७७

  • 980
    SHARES

  • 'निर्मला प्रकरणका दोषी पनि छिट्टै पक्राउ पर्छन्’ : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताउनुभएको छ । नेकपा ओली समूहले आज बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    गृहमन्त्री थापाले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएकोसमेत दाबी गर्नुभयो ।

    ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं’, उहाँले भन्नुभयो ।

    सो अवसरमा गृहमन्त्री थापाले आफू सरकारमा आएपछि अपराध र गुण्डागर्दीका घटनामा कमी आएकोसमेत दाबी गर्नुभयो ।


    शनिवार, फाल्गुण ८ २०७७०३:५०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij