Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

निर्वाचन हुनै नसक्ने कांग्रेस वरिष्ठ नेता पौडेलको दाबी

निर्वाचन हुनै नसक्ने कांग्रेस वरिष्ठ नेता पौडेलको दाबी

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 1.0K
    SHARES

  • निर्वाचन हुनै नसक्ने कांग्रेस वरिष्ठ नेता पौडेलको दाबी

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रिपरिषद्बाट भएका सबै निर्णय क्षम्य हुनु नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै नेता पौडलले मन्त्रिपरिषद्ले पास गरेपछि जतिसुकै ठूलो भ्रष्टाचार भएपनि क्षम्य हुने नियमले गल्ती गर्नेलाई सजिलो भएको बताउनुभएको हो ।

    ठूला घोटालामा सरकार संलग्न रहेको भन्दै नेता पौडेलले वाइडबडी‚ ओम्नी समूह र फास्ट ट्र्याकमा समेत ठूलो भ्रष्टाचार भएको आरोप लगाउनुभएको छ ।

    नेपालमा सुशासन कायम गर्ने हो भने मन्त्रिपरिषद्बाट हुने निर्णयलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्ने पौडेलले बताउनुभयो । प्रतिनिधि सभा विघटनको सन्दर्भमा पौडेलले नेपालको अदालतप्रतिको विश्वास अझै कायम रहेकाले प्रधानमन्त्रीले गरेको असंवैधानिक निर्णयलाई अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभयो ।

    अदालत पनि नागरिकको भरोसाको केन्द्र भएकाले भोली आइपर्न सक्ने विग्रह र द्वन्द्वलाई रोक्नका लागि प्रतिनिधि सभा विघटनको निर्णयलाई अदालतले उल्ट्याइदिने विषयमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । निर्वाचन हुनै नसक्ने दाबी गर्नुभएका पौडेलले प्रधानमन्त्रीले भनेको निर्वाचन गफमात्र भएको उल्लेख गर्नुभयो ।

    निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न नै ९० दिन लाग्ने भएकाले तोकिएको समयमा निर्वाचन हुन नसक्ने उहाँको दाबी छ ।


    शुक्रवार, फाल्गुण ७ २०७७०६:५७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij