Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 991
    SHARES

  • प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

    शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको हो ।

    यस्तै उहाँले शुक्रबार नै मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

    नेकपा विभाजन भएपछि एकले अर्को समूहलाई निषेध गर्दै अघि बढिरहेका छन् । प्रदेश प्रमुखबाट मुक्त हुनुभएका परियार दाहाल–नेपाल समूह निकट मानिनुहुन्छ भने झा ओली निकट व्यक्ति हुन् ।

    bigyapti.jpg


    शुक्रवार, फाल्गुण ७ २०७७०४:४३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij