Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले लोकतन्त्रको बाटो कुनै हालतमा बिराउँदैन : प्रधानमन्त्ती

सरकारले लोकतन्त्रको बाटो कुनै हालतमा बिराउँदैन : प्रधानमन्त्ती

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 940
    SHARES

  • सरकारले लोकतन्त्रको बाटो कुनै हालतमा बिराउँदैन : प्रधानमन्त्ती

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो कुनै हालतमा नबिराउने बताउनु भएको छ ।

    शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान पनि नमिच्ने बताउनुभएको हो ।

    ‘सरकार लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिचिँदैन । जनताको अभिमत भन्दा विपरित जाँदैन र जान पनि दिँदैन’, प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ ।’

    प्रधानमन्त्री ओलीले ७० बर्ष अघि आजकै दिन मुलुक अँध्यारो सुरुङबाट उज्यालोतर्फ लागेको ऐतिहासिक दिन भन्दै यस दिनलाई युगान्तकारी र गौरवपूर्ण दिनका रुपमा स्मरण गर्नुभयो ।

    उहाँले नेपाली जनताको विकास, सुशासन र सुखी जीवनको चाहना प्राप्तीका लागि सक्रियताका कारण फागुन ७ लाई हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा सगौरव मनाइँदै आएको बताउनु भएको छ ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका मूल्य र मान्यताबाट कोही भाग्न नसक्ने भन्दै राजनीतिक धारमा आउन बाँकी रहेकाहरुलाई मूल धारमा आउन आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउने र विधिसम्मत अघि बढ्ने बाटो निर्वाचन भएकाले सरकारले तोकेकै मितिमा निर्वाचन हुने भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

    लोकतन्त्रलाई बिना व्यावधान र बिना विकृति अगाडि बढाउनका लागि लोकतन्त्रभित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाउँने भन्दै प्रधानमन्त्रीले लोकतन्त्र जनताको आकांक्षा र अभिमतबाट सञ्चालित हुन सक्नुपर्ने बताउनुभयो ।

    ‘अस्थिरता लोकतान्त्रिक प्रणालीभित्रैबाट अस्थिरता खोज्नेहरुलाई निस्तेज गर्न र कुबाटोमा लोकतन्त्रलाई धकेल्नबाट नयाँ निर्वाचन घोषणा गरिएको छ । लोकतन्त्रलाई अलमलमा पार्ने कुनै काम हुन सक्दैन’, प्रधानमन्त्रीको भनाई छ ।


    शुक्रवार, फाल्गुण ७ २०७७११:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij