Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक नगर्दै सच्याइयो करिब आधा दर्जन सचिव सरुवाको निर्णय

सार्वजनिक नगर्दै सच्याइयो करिब आधा दर्जन सचिव सरुवाको निर्णय

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 820
    SHARES

  • सार्वजनिक नगर्दै सच्याइयो करिब आधा दर्जन सचिव सरुवाको निर्णय

    काठमाडौं । सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ ।

    अघिल्लो बिहीबा बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरुको सरुवा निर्णय सच्याएको छ ।

    शिक्षा मन्त्रालयबाट सरुवा गरिएका गोपी मैनालीको सरुवा सच्याएको छ । उनलाई उपराष्ट्रपति कार्यालय लगिएको छ । यसैगरी टेकनारायण पाण्डेको पनि सरुवा निर्णय सच्याइएको छ । उनलाई हाल भूमि व्यवस्था मन्त्रालयमा नै यथावत राखिएको छ ।

    सरकारले निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईंको पनि सरुवा सच्याएको छ । गुरागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगिएको छ । त्यसैगरी बेगेन्द्र राज शर्मा पौडेलको सरुवा सच्याउँदै वित्त आयोगमा राख्ने निर्णय गरिएको छ ।

    सरकारले प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग मन्त्रालयमा ल्याएको छ भने लोकसेवा आयोगका सचिव अर्जुन पोखरेललाई वाणिज्यमा ल्गाएको छ ।

    अघिल्लो सता डेढ दर्जन भन्दा बढी सचिवको सरुवा गर्दा सरकारले गृहमन्त्रालयमा र संघीय मन्त्रालय भने चलाएन ।

    आजको नागरिक दैनिकमा समाचार छ ।


    शुक्रवार, फाल्गुण ७ २०७७०७:१७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij