Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको अभिव्यक्ति मर्यादित र कूटनीतिक भएनः कोइराला

प्रधानमन्त्रीको अभिव्यक्ति मर्यादित र कूटनीतिक भएनः कोइराला

  • मंगलवार, आषाढ ३० २०७७

  • 568
    SHARES

  • प्रधानमन्त्रीको अभिव्यक्ति मर्यादित र कूटनीतिक भएनः कोइराला

    काठमाडौँ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताउनुभएको छ ।

    ओलीले मंगलबार भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएको थियो । प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउने काम गरेको कोइरालाको भनाई छ ।

    उहाँले नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै सामाजिक सञ्जालमा मार्फत धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु सह्य नहुने भनाई राख्नुभएको छ ।




    मंगलवार, आषाढ ३० २०७७०१:४९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij