Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको खोप वितरणप्रति राष्ट्र सङ्घ असन्तुष्ट

कोरोनाविरुद्धको खोप वितरणप्रति राष्ट्र सङ्घ असन्तुष्ट

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.0K
    SHARES

  • कोरोनाविरुद्धको खोप वितरणप्रति राष्ट्र सङ्घ असन्तुष्ट

    काठमाडौं । कोरोनाविरुद्धको खोपको वितरणप्रति संयुक्त राष्ट्र सङ्घले असन्तुष्टि जनाएको छ ।

    संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुट्रेसले कोरोनाविरुद्धको खोप वितरणमा असमानता बढेको भन्दै आलोचना गरेका छन् ।

    राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भएको उच्चस्तरीय बैठकमा गुट्रेसले १३० राष्ट्रले अझै पनि कोरोनाविरुद्धको पहिलो खोप नपाएको भन्दै तीखो आलोचना गरेका हुन् ।

    कोरोनाको महामारीका कारण विश्व नै आक्रान्त बनेको यो अवस्थामा खोप वितरणमा समानता नहुनु दुःख लाग्दो कुरा भएको उनको भनाइ छ ।

    उनले कोरोनाविरुद्धको खोपको निष्पक्ष वितरण सुनिश्चित गर्न शक्ति र पहुँच भएका व्यक्ति, वैज्ञानिक, खोप उत्पादक कम्पनीलाई खोप वितरणको योजना एकसाथ बनाउन आह्वान पनि गरेका छन् ।

    कोरोनाविरुद्धको खोपमा सबैको पहुँच पुर्याउन यो निकै आवश्यक भएको पनि गुट्रेसको भनाइ छ ।


    बिहिवार, फाल्गुण ६ २०७७१०:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij