Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबिच छलफल जारी

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबिच छलफल जारी

  • मंगलवार, आषाढ ३० २०७७

  • 659
    SHARES

  • प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबिच छलफल जारी

    काठमाडौँ । विवाद समाधानका लागि भन्दै नेकपा अध्यक्षद्वय ६ दिनपछि छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

    केही दिन अगाडिसम्म दिनदिनै र घण्टौं संवाद गर्ने गरेका दुई अध्यक्षबीच विगत ६ दिनदेखि संवाद हुन सकेको थिएन । पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताउँदै आउनुभएका ओली र दाहालबीचको यो छलफललाई चासोपूर्वक हेरिएको छ ।

    यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

    पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।


    मंगलवार, आषाढ ३० २०७७०१:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij