काठमाडौं । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले नेकपा सरकारमा आए देखि नै लोकतान्त्रीक प्रणाली माथी नै प्रहार गरिरहेको आरोप लगाउनु भएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै जोशीले भन्नुभयो,“नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतन्त्रको पक्षमा सधै लडिरहन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको केन्द्रीय कार्य समितिले नै निष्कर्ष निकाली सकेको छ, यो प्रतिगमनको विरुद्ध काँग्रेस सडकमा गइसकेको छ ।”
नेता जोशीले केन्द्रीय कार्य समितिको निणर्य महत्वपूर्ण भएको बताउँदै लोकतन्त्रलाई सहि दिशाामा ल्याउने काँग्रेसको मुख्य एजेण्डा भएको उल्लेख गर्नुभयो ।
आफूहरुले ठूलो सभा नगरेको भए पनि त्यसमा छलफल गरेर अगाडी बढ्ने जोशीले बताउनुभयो । राष्ट्रियता जोखिममा परेकाले त्यसलाई जोगाउन काँग्रेस लागी पर्ने उहाँको भनाइ छ ।
जोशीले देशमा भ्रष्टचार, हत्या हिंसा बढेको अवस्थामा पनि सरकारले जनतालाई वेवास्ता गरेको आरोप लगाउनुभएको छ । अदालतको स्वतन्त्रतामाथी हस्तक्षेप नगर्ने उहाँको दावी छ । भदौभित्र जसरी पनि पार्टीको महाधिवेशन हुने नेता जोशीले स्पष्ट पार्नुभएको छ ।