Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालका प्रधानमन्त्रीबाट रामप्रतिको आस्थामाथि खेलवाड भोेः भाजपा 

नेपालका प्रधानमन्त्रीबाट रामप्रतिको आस्थामाथि खेलवाड भोेः भाजपा 

  • मंगलवार, आषाढ ३० २०७७

  • 1.3K
    SHARES

  • नेपालका प्रधानमन्त्रीबाट रामप्रतिको आस्थामाथि खेलवाड भोेः भाजपा 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा चर्को आलोचना सुरुभएको छ । भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ ।

    भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले नेपालका प्रधानमन्त्री ओलीले रामप्रतिको आस्थामा खेलवाड गर्न खोजेको बताउनुभएको छ । ओलीको आलोचना गर्दै शास्त्रीले भगवान राम हाम्रो आस्थाको प्रतीक भएको र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न नदिने भन्दै नेपालको प्रधानमन्त्रीले पनि यसको जवाफ दिनुपर्ने बताउनुभएको छ ।

    सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो ।

    ओलीको यस अभिव्यक्तिलाई भारतीय मिडियाहरुले राजनीतिक विवाद उक्साउने उद्देश्य भनेका छन् । भारतीय सन्चारमाध्यम पीटीआईले नेपालका प्रधानमन्त्री ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको भनेको छ ।




    मंगलवार, आषाढ ३० २०७७११:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij