काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पतन अब धेरै टाढा नभएको बताउनुभएको छ ।
बैतडीमा आयोजित कांग्रेसको विरोध सभामा ओली समूहको आक्रमणको घटनामा सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले सरकारको आयु अब धेरै नभएको बताउनुभएको हो ।
केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत सहभागी सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय भएको उहाँको भनाइ छ ।
उहाँले लेख्नुभएको छ, ‘बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ।हिंसा कायरहरूको हतियार हो।निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो।वैधता र वैधानिकता दुवै गुमाएको @kpsharmaoli सरकारको पतन अव धेरै टाढा छैन।