Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

महाधिवेशन सार्न काँग्रेसको बैठक बस्दै, कहिले होला त महाधिवेशन ?

महाधिवेशन सार्न काँग्रेसको बैठक बस्दै, कहिले होला त महाधिवेशन ?

  • बुधवार, फाल्गुण ५ २०७७

  • 922
    SHARES

  • महाधिवेशन सार्न काँग्रेसको बैठक बस्दै, कहिले होला त महाधिवेशन ?

    काठमाडौं । पार्टीको महाधिवेशन सार्नका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) बस्न लागेको छ ।
    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेपछि बैठक बस्ने तय भएको नेताहरुले जानकारी दिएका छन् ।

    यही फागुन ७ गतेदेखि महाधिवेश गर्ने तय गरेको काँग्रेसले महाधिवेशनका धेरै कामहरु गर्न नसकेकाले महाधिवेशन फेरी सानु परेको हो । यसअघि पनि पटक पटक महाधिवेशको मिति तोक्दै सार्दै आएको काँग्रेसले अव तोकेको मितिमा भने गर्नै पर्ने संवैधानिक दवाव रहेको छ ।


    चार बर्षे कार्यकाल सकिएपछि एक बर्ष म्याद थपेको काँग्रेसले थपिएको समयमा पनि महाधिवेशन गर्न नसकेपछि फेरी छ महिना थप गरेको छ । यस अवधिमा पनि अधिवेशन सम्पन्न गर्न नसकेमा पार्टी नै अवैध हुने निर्वाचन आयोगको दलसम्वन्धी ऐनमा व्यवस्था गरिएको छ ।


    कोरोनाभाइरसको महामारीलाई बाहना बनाउदै काँग्रेसले महाधिवेशनका कुनैपनि गतिविधि नगरेपछि महाधिवेशन हुन नसकेको हो । काँग्रेसले अहिलेसम्म पनि क्रियासिल सदस्यताको विषयलाई टुंगो लगाउन सकेको छैन भने स्थानीय तहमा पार्टीको अधिवेशन अन्यौलमा रहेको छ ।


    आजको बैठकले महाधिवेशनको नयाँ मिति तय गर्दै महाधिवेशनका बाँकी प्रक्रिया अगाडि बढाउने निर्णय गर्न सक्ने नेताहरुले बताएका छन् । आगामी बैशाख देखि भदौ भित्रमा महाधिवेशनको मिति तोकिन सक्ने नेताहरुको भनाई छ ।


    बैठकमा सरकारका कामकारबाही विरुद्ध काँग्रेसले गरिरहेको आन्दोलनका कार्यक्रमहरुको समिक्षा गर्दै भावी कार्यक्रमहरु पनि तय गर्ने अपेक्षा गरिएको छ ।

     

     


    बुधवार, फाल्गुण ५ २०७७०८:४२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij