काठमाडौं । कोरोनाविरुद्धको खोपका लागि भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग थप २० लाख डोज भ्याक्सिन ‘कोभिसिल्ड’ ल्याउने सरकारले निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग थप ‘कोभिसिल्ड’ किन्नका लागि रकम पठाउने निर्णय भएको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिनुभयो ।
कोरोनाको महामारीबाट बच्न यसअघि सरकारले भारतीय कम्पनी सेरमसँग २० लाख डोज किनेको र फेरि थप २० लाख डोज कोरोनाको खोप ल्याउने निर्णय भइसकेको उहाँले बताउनुभयो चाँडै उक्त खोप ल्याउँने पनि उहाँले बताउनुभयो ।
उहाँका अनुसार उक्त खोप किन्नका लागि प्रतिखोपको मूल्य चार डलर अर्थात नेपाली ४६४ रुपैयाँ ७४ पैसा पर्न आउँछ। उक्त रकम राष्ट्र बैङमार्फत पैसा पठाउन लागिएको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए। उहाँले भन्नुभयो, ‘ हामी राष्ट्र बैंकमार्फत चाँडै रकम पठाउँदैछौँ।’
कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्मै खोप ल्याइदिने सहमति भइसकेकाले अब आउने कोरोनाको खोप १० लाख जनालाई पुग्ने र उक्त भ्याक्सिन जेष्ठ नागरिकलाई लगाइने छ ।