Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

भागरथीको हत्याका दोेषी लाई छिट्टै कानुनी कठघरामा उभ्याउने गृहमन्त्रीको प्रतिबद्धता

भागरथीको हत्याका दोेषी लाई छिट्टै कानुनी कठघरामा उभ्याउने गृहमन्त्रीको प्रतिबद्धता

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 953
    SHARES

  • भागरथीको हत्याका दोेषी लाई छिट्टै कानुनी कठघरामा उभ्याउने गृहमन्त्रीको प्रतिबद्धता

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको बताउनुभएको छ ।

    सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताउनुभएको हो ।

    घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता गर्दै उहाँले घटनाको विषयमा सरकार गम्भीर रहेको समेत विश्वास दिलाउनुभयो ।

    कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानबिन प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।

    महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहो¥याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको पनि बताउनुभयो ।

    उहाँले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत बताउनुभयो ।


    मंगलवार, फाल्गुण ४ २०७७०७:२७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij