Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेस र जसपाका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको प्रचण्डको भनाइ

कांग्रेस र जसपाका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको प्रचण्डको भनाइ

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 994
    SHARES

  • कांग्रेस र जसपाका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको प्रचण्डको भनाइ

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताउनुभएको छ ।

    आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताउनुभयो ।

    ‘आन्दोलन भइराखेको छ । यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ । हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ, यसलाई संयुक्त बनाऔं भनेर । रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु । जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो ।

    ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुने उहाँको भनाइ छ । अवैधानिक चुनाव नगर्न उहाँले आग्रह गर्नुभयो । प्रतिनिधि सभा पुर्नस्थापना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


    मंगलवार, फाल्गुण ४ २०७७०७:२५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij