Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक

मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 1.0K
    SHARES

  • मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक

    काठमाडौं । मदनकृष्ण श्रेष्ठको स्वरमा तयार भएको ’लेजेन्डरी भर्जन’ ’फूलबुट्टे सारी’ बोलको गीत मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । दर्शक र स्रोतामाझ निकै लोकप्रिय बनेको ’फुलबुट्टे सारी’ बोलको गीत यसअघि मेल, फिमेल र चाइल्ड भर्जनमा आइसकेको छ ।

    ‘लेजेन्डरी भर्सन’ भनिएको यस गीतको भिडियोमा मदनकृष्ण आफैँले  अभिनय गरेका छन् । मदनको जोडीका रूपमा अभिनेत्री मिथिला शर्माले अभिनय गरेकी छिन् । भिडियोमा बुढेसकालको प्रेमलाई देखाइएको छ ।

    यसअघि सार्वजनिक भएको मेल भर्सनमा मार्मिक लामा, फिमेल भर्सनमा मिलन नेवार र चाइल्ड भर्सनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए । मेल भर्सनले युट्युबमा १ करोड ८६ लाख भ्युज पार गरेको छ भने फिमेल भर्र्सनले छोटो समयमा नै ३ करोड १८ लाख भ्युज नाघेको छ ।

    फूलबुट्टे सारीलाई राजनराज सिवाकोटीले लेखेका हुन् भने उतm गीतमा संगीत पनि उनकैै रहेको छ ।

    यी सबै भर्जनको भिडियो निर्देशन राजेश पुमा राईले गरेका छन् । उत्सव दाहालले खिचेका भिडियोहरुलाई विकास दाहालले सम्पादन गरेका छन् ।


    मंगलवार, फाल्गुण ४ २०७७०३:५८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij