Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाली फिल्म ‘सेल्फी किङ’ सिएएस अवार्डको मनोनयनमा

नेपाली फिल्म ‘सेल्फी किङ’ सिएएस अवार्डको मनोनयनमा

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 1.3K
    SHARES

  • नेपाली फिल्म ‘सेल्फी किङ’ सिएएस अवार्डको मनोनयनमा

    काठमाडौं । गत अक्टोबर २ मा रिलिज भएको चलचित्र ‘सेल्फी किङ’ विश्वप्रख्यात संस्था सिनेमा अडियो सोसाइटीले आयोजना गर्ने सिएएस अवार्डको मनोनयनमा परेको छ । नेपाली फिल्म सेल्फी किङ ५७ औँ सिएसएस अवार्डको ‘बेस्ट साउन्ड मिक्सिङ’ विधाको मनोनयनमा परेको हो ।

    यो विधामा ‘सेल्फी किङ’ले फिल्म ‘नमडल्याण्ड’, ‘साउन्ड अफ मेटल’, ‘टेनेट’, ‘मुलान’लगायत फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । ओस्कार दाबेदार फिल्महरुसँग ‘सेल्फी किङ’ले प्रतिस्पर्धा गर्न पाउनु एकदम खुसीको कुरा भएको निर्माण पक्षले बताएको छ ।

    अवार्ड कार्यक्रम यसै वर्षको अप्रिल १७ मा अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा हुनेछ ।

    विशाल सापकोटाको निर्देशिनमा तयार भएको यस फिल्ममा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।

    विपिन कार्कीको मुख्य भूमिका रहेको उक्त फिल्ममा लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्दलगायत कलाकारको अभिनय रहेको छ ।


    मंगलवार, फाल्गुण ४ २०७७१२:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij