काठमाडौं । नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गानाले प्रधानमन्त्री मात्रै नभएर पुरै नेकपा असफल भएको बताउनु भएको छ । उहाँले नेकपाले जनतालाई ठगेको आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै उहाँले भन्नुभयो,“मेलम्चीको काम कहाँ पुग्यो, फास्ट ट्रयाकको कामले अहिले सम्म गति लिन सकेको छैन्, नेकपा सरकारमा आएदेखि नै देशमा भ्रष्टाचार मात्रै बढेको छ, अनि उहाँहरु हामीले विकास निर्माणका काम गरेको हो भन्दै हिड्नु हुन्छ, अहिले प्रधानमन्त्री मात्रै होइन सिङगो नेकपा नै असफल भईसक्यो अब काँग्रसले प्रतिनिधित्व गर्ने बेला आईसक्यो ।”
ढुङ्गानाले काँग्रेस विभाजनको पक्षमा नभएको बताउँदै असंवैधानिक कदमको विरोध गर्ने बताउनुभयो । निर्वाचन आयोगले आफ्नो काम कर्तव्य निभाउनु पर्ने भएकाले निर्वाचनको तयारी गरेको उहाँको भनाइ छ ।
“काँग्रेस न्यायको पार्टी हो, नेपाली जनताको कानुनी अधिकारका लागी हामी निरन्तर संघर्ष गरिरहन्छौँ , कम्यूनिष्ट सरकार असफल भयो, यदि देशमा निर्वाचन भयो भने नेपाली काँग्रेस निर्वाचन बाट भाग्दैँन,काँग्रेसको प्रतिनिधित्व विना देशमा परिर्वतन हुनै सक्दैँन ।” ढुङ्गानाले भन्नुभयो ।
आन्तरिक झगडाका कारण देशलाई अराजकतामा ढाल्ने अधिकार नेकपालाई नभएको ढुङ्गानाको भनाइ छ ।