Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा विघटनविरुद्धको रिट :

आजदेखि एमिकस क्युरीले बहस गर्ने

आजदेखि एमिकस क्युरीले बहस गर्ने

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 778
    SHARES

  • आजदेखि एमिकस क्युरीले बहस गर्ने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज (मंगलबार) देखि एमिकस क्युरीले बहस गर्ने भएका छन् ।

    पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएको थियो ।

    माघ ४ बाट निरन्तर संवैधानिक इजलासमा सुनुवाइ भइरहेको रिटमाथि मंगलबारदेखि एमिकस क्युरीले राय दिने क्रम प्रारम्भ हुने छ । इजलासले मंगलबारदेखि एमिकसको धारणा सुन्ने जनाउ दिइसकेको छ ।

    अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस भएका छन् ।

    नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेललाई एमिकसमा सिफारिस गरेको छ ।

    संविधानमा उल्लिखित अवशिष्ट अधिकार प्रधानमन्त्रीको विशेषाधिकार नभएको निवेदक पक्षका कानुन व्यवसायीहरूले जिकिर गरेका छन् ।

    प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा जवाफ दिने क्रममा निवेदक पक्षले अवशिष्ट अधिकार प्रधानमन्त्री वा राष्ट्रपतिको अधिकार स्रोत नभएको जिकिर गरेका हुन् । यस्तै धारा ७४ को संसदीय व्यवस्था अवलम्बन गरेपछि आधारभूत मूल्य–मान्यताले नै संसद् विघटनको अधिकार दिने तर्क तथ्यसङ्गत नहुने उनीहरुको जिकिर छ ।

    नेपालको संसदीय प्रणाली वेस्टमिन्स्टर प्रणालीसँग पूर्ण समानता नभएको भन्दै जवाफमा कानुन व्यवसायीहरूले संविधान कानुनमा स्पष्ट भएका विषयमा अन्तरनिहित अधिकार र मूल्य–मान्यता नहेरिने पनि जिकिर गरेका छन् ।

     


    मंगलवार, फाल्गुण ४ २०७७०७:०४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij